सन्जय गुप्ता// वीरगञ्ज, पौष १४//
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले विकास, सुशासन र परिवर्तन वर्तमान सरकारको प्राथमिकतामा रहेको बताए ।
नेकपा एमाले जिल्ला कार्य समिति पर्साको आयोजनामा आज पर्साको सखुवा प्रसौनी-२, औराहा पाँचगावामा सप्पन्न पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले एमालेको क्रान्ति जनताको जिवनमा साकारात्मक परिवर्तन ल्याउन र उद्यमशीलतामा आधारित विकासलाई गतिदिनका लागि भएको कुरामा जोड दिए ।
सम्बोधनका क्रममा नेता ओलिले मधेसी दलका नेताहरुले सम्बिधानको धारामा जनतालाइ अलमल्याउने राजनिती गरेको तर आफूहरुको क्रान्ती जनजीवनलाई उकास्नका लागि भएको समेत दाबी गरेका गरे ।
पूर्व गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको सकृयतामा सम्पन्न पार्टि प्रवेश कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जैसवाल लगायत उनका समर्थकहरु पार्टि प्रवेश गरेका छ्न ।कार्ययक्रममा नेपाल सरकारका समान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, सभाषद विचारी यादव, मधेस सरकारका खेलकुद मन्त्री प्रमोद जैसवाल, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, जिल्ला स्तरीय नेताहरु शिव पटेल, जालिम मिया, प्रदुम्न चौहान, वीरेन्द्र यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आजको पार्टी प्रवेशले सखुवा प्रसौनिमा नेकपा एमाले बाटै निर्वाचित वर्तमान गाउँपालिका अध्यक्ष जसवन्त यादव र पूर्व गापा अध्यक्ष जैसवाल वीच पार्टी भित्रै राजनीतिक पहुँचको प्रतिस्पर्धा बढाएको बुझिएको छ । अगामी निर्वाचनलाई मध्यनजर गर्दै टिकट कै लागि जैसवालले पार्टी प्रवेश गरेको बुझिएको छ भने वर्तमान अध्यक्ष यादवले आफ्नो टिकट कायमै राखिराख्न कसरत गर्नुपर्ने देखिन्छ ।
यस अघि पहिलो स्थानीय निर्वाचनमा पनि तत्कालीन मधेसी जन अधिकार फोरम नेपालमा यी दुवैजना बिच टिकटको लागि भएको प्रतिस्पर्धामा जैसवालले टिकट पाएपछी यादव पार्टिबाट बाहिरिए ।
अबको निर्वाचनमा फेरि त्यस्तै आवस्था आउन सक्ने अनुमान आमजनताको रहेको छ । यस बाट अगामी निर्वाचनमा एमाले बलियो हुने हो कि कमजोर यो पनि गम्भीर विषय हुने आम कार्यकर्ताहरुको भनाई रहेको छ ।

