Home राष्ट्रिय तमु ल्होसार आज देशैभरी मनाईयो, आज देखि सप्री ल्हो शुरु

तमु ल्होसार आज देशैभरी मनाईयो, आज देखि सप्री ल्हो शुरु

वीरगञ्ज, पौष १५//

गुरुङ समुदायको प्रमुख चाड तमु ल्होसार आज देशैभरी धुमधामका साथ मनाइएको छ ।

आफ्नो सास्कृतिक पहिचानको रूपमा रहेको तमु ल्होसार पर्वले विश्वमै गुरुङ जातिलाई चिनाएको तथा गुरुङ जातिका मानिसहरु जहाँ भएपनी यो पर्व उसको लागि विशेष हुने गरेको यश समुदायका व्यक्तिहरु बताउँछन् ।

परापूर्वकाल देखि नै गुरुङ जातिका व्यक्तिहरुको जीवन सङ्ग यस पर्वको गहिरो सम्बन्ध रहेको बताइन्छ । तमु ल्होसार अर्थात आजकै दिनदेखि गुरुङहरुको नयाँ वर्षको सुरुवात पनि हुने गर्छ ।

हरेक वर्ष आजकै दिनदेखि ल्हो परिवर्तन हुने परम्परा अनुसार आज पूरानो ल्हो लाई विदाई गरिएको छ भने आज देखि शुरु भएको सप्री ल्हो को विधिवत रुपमा विभिन्न कार्यक्रमका साथ स्वागत गरिएको छ ।

हरेक वर्ष परिवर्तन हुने ल्हो हरुको संख्या १२ वटा रहेकोले एकपटक विदाई भएको ल्हो पुनः १२ वर्ष पछि आउने गर्दछ । गुरुङ जातिका मानिसहरुले उमेरको हिसाब गर्न तथा वर्ष सम्बन्धि अन्य जानकारीका लागि ल्हो को प्रयोग गर्ने परम्परा रहेको छ । साथै यस सम्प्रदायमा विहेका लागि केटि माग्न जादा समेत वर वधुको ल्हो मिलाएर विहे गर्ने परम्परा रहेको जानकार हरु बताउँछन् ।

तमु ल्होसार पर्वको अवसरमा आज देशभरी नै गुरुङ  समुदायमा र्याली,  झाकी तथा विभिन्न सास्कृतिक कार्यक्रमहरु भएका छ्न । तमु ल्होसारको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments