सन्जय गुप्ता// वीरगञ्ज, पौष २२//
मधेस प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका ८ जना कर्मचारीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा त्यस मन्त्रालय अन्तर्गत कृषि व्यवसाय प्रवर्द्धन महाशाखा, खाद्य सुरक्षा तथा कृषि ज्ञान केन्द्र धनुषाले सहकार्य प्रस्तावमा अधारित मतस्य, कृषि र पशुपन्छी विकासको रकम दुरुपयोग गरेको भनी परेको उजुरीका आधारमा उजुरी गर्दै मुद्दा दायर भएको जनाइएको छ ।
मन्त्रालयका तत्कालीन सचिव नम्रता सिङ्ह लगायत आठ जना कर्मचारीहरुले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

