वीरगञ्ज, पौष २५//
घुस रकम बोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै पुगेका एकजना प्रमुख प्रशासकीय अधिकृत माथी आज विहिवार मुद्दा दायर भएको छ ।
नुवाकोटको किस्पाङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटालाई गत मंसिर २८ गते नै रु १ लाख घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेका सापकोटा अछामको मलेख गाउँपालिकामा समान पदमा रहेका बेला मेसिनरी समानको खरिदमा घुस लिएको आरोप रहेको छ । सापकोटाले रकम आफ्नो स्वेक्छाले ल्याएको बताएका थिए ।
सापकोटा माथि आयोगको टोलिले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

