संजय गुप्ता // वीरगञ्ज, माघ २//
पर्सा प्रहरीले आज बुधबार वीरगञ्जबाट साढे १९ किलोग्राम अवैध लागू औषध चरेस बरामद गरेको छ ।
१३ वटा प्याकेटमा प्याक गरि बोरामा राखेर लुकाई छिपाई मोटरसाइकलमा लिएर गैरहेको तस्करले वडा प्रहरी कार्यालय विर्ताबाट गस्तीमा गएको प्रहरी टोलिलाई देखेपछि वीरगञ्ज-१६, गणेश टोलमा चरेस राखिएको बोरा फाली फरार भएपछी सो परिमाणको चरेस बरामद भएको हो ।
तस्कर मोटरसाइकल सहित भाग्न सफल भएका छन् भने तस्करको खोजी कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

