वीरगञ्ज, माघ ४//
कास्कीका ३५ जना स्थाई शिक्षकहरुले सामूहिक राजीनामा दिएका छन् ।
नेपाल सरकारले ल्याएको निवृतिभरण सम्बन्धि अध्यादेशको विरोध स्वरुप कास्की जिल्लामा कार्यरत पेन्सन बाट बन्चित गर्न खोजिएको शिक्षकहरु मध्येका ३५ जनाले आज शिक्षा विकास तथा समन्वय ईकाई कास्किमा सामूहिक राजिनामा गरेका हुन ।
अध्यादेशले २०७५ साल पछि नियुक्ति पाएका स्थाई शिक्षकहरुलाई योगदनमा अधारित पेन्सनको व्यवस्था गर्ने भन्दै सरकारी पेन्सनबाट बन्चित गर्न खोजेकोमा नेपाल शिक्षक महसङ्घ लगायत सम्पूर्ण शिक्षक पेशागत सङ्ठनहरुले विरोध जनाएका छ्न ।
अध्यादेश भूतप्रभावी भएको तथा शिक्षक महासङ्घ संग बिगतमा भएको सम्झौताको मर्म विपरीत भएको भन्दै सरकारको यो अध्यादेश आफूहरुलाई मान्य नरहेको भन्दै सच्याउनका लागि महासङ्घ लगायत सबै सङठनहरुले विज्ञप्ति मार्फत माग गरेका छन् ।
साथै सो अध्यादेश लाई तत्काल नसच्याए ससक्त आन्दोलनको चेतावनी समेत दिएका छन् ।

