वीरगञ्ज, चैत ६//
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमध्ये ९९ वटामा नेपाली काङ्ग्रेस निकट मानिने नेविसंघले जित हासिल गरेको छ ।
देशैभरिका अधिकान्स क्याम्पसहरुमा चुनाव जितेर तथा केही क्याम्पसहरुमा सर्वसम्मत निर्वाचित भएर नेविसंघ हालसम्म पहिलो स्थानमा रहेको छ । हिजो सम्पन्न मतदानको मतपरिणाम देशैभरिबाट आउने क्रममा रहेकोले संख्या अझ बढ्नसक्ने सम्भावना रहेको छ ।
यता त्रिभुवन विश्वविद्यालय भन्दा पनि जेठो क्याम्पस वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसको मतगणनामा भैरहेको ढिलाइमा क्यामस प्रमुखको दोष रहेको आरोप उम्मेदवारहरुले लगाएका छ्न ।
विभिन्न गुट्बाट चुनाव लडेका उम्मेदवारहरुले क्याम्पस प्रमुखले नियतवश मतगणनामा ढिलासुस्ती गरेको आरोप लगाएका हुन ।

