भारतिय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागू औषध ललितपुर प्रहरीले बरामद गरेको छ ।
कान्तिलोक पथ स्थित भट्टेडाडा प्रहरी चौकीको चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले आज शनिबार विहान करिब २ बजे ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको हो ।
लागू औषध क्याप्सुल जम्मा ९ हजार ४ सय ८ पत्ता, क्याप्सुल थान ९४ हजार ८० तथा बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्स एक थान र ३ थान मोबाईल समेत बरामद गरेको पत्रकार सम्मेलन गरि प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

