Home राष्ट्रिय नेपाल शिक्षक महासङ्घ द्वारा शैक्षिक आमहडतालको घोषणा, विश्व शिक्षक महासङ्घ द्वारा ऐक्यबद्धता

नेपाल शिक्षक महासङ्घ द्वारा शैक्षिक आमहडतालको घोषणा, विश्व शिक्षक महासङ्घ द्वारा ऐक्यबद्धता

वीरगञ्ज, चैत २४//

नेपाल शिक्षक महासङ्घले भोलि चैत २५ गतेदेखी शैक्षिक आमहडतालको घोषणा गरेको छ ।

महासङ्घले विज्ञप्ति मार्फत शैक्षिक आमहडताल घोषणा गर्दै भोलि सोमबारदेखि सम्पूर्ण शैक्षिक संस्था पूर्ण रूपमा बन्द गर्न, परीक्षा नलिन, लिइएको परीक्षाको नतिजा सार्वजनिक नगर्न, एस ई ई को कापी चेक नगर्न, नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सञ्चालन नगर्न, कुनै किसिम शैक्षिक तालिम, सेमिनार, गोष्ठी वा अन्य कुनै शैक्षिक कार्यक्रममा सहभागी नहुन स्पष्ट निर्देशन दिएको छ ।

यता नेपाली शिक्षकहरुको आन्दोलन प्रती विश्व शिक्षक महासङ्घले पनि ऐक्यबद्धता जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेपाली शिक्षकहरुको आन्दोलनप्रती आफ्नो पनि समर्थन रहेको बताउदै विश्व शिक्षक महासङ्घले ऐक्यबद्धता जाहेर गरेको हो ।

गत माघ २० गते देखि आन्दोलित नेपाली शिक्षकहरुले चरणबद्ध रूपमा आन्दोलनलाई निरन्तरता दिदै आएको तर नेपाल सरकार यश विषयमा गम्भीर नभएको भन्दै आन्दोलनलाई क्रमश: सशक्त पार्दै जाने शिक्षकहरूले बताएका छन् ।आन्दोलका क्रममा राजधानी केन्द्रित प्रदर्शनकारीको पाचौं दिन आज शिक्षकहरुले सिट्टी जूलूस प्रदर्शन गरेका छन् । सरकारले वेवास्ता गरे सङ्गै शिक्षक आन्दोलन दिनदिनै ससक्त हुँदै गएको देखिएको छ ।

हुन त सरकारले शिक्षकहरूलाई वार्तामा आउन आव्हान पनि नगरेको होईन तर वार्ता गरेर सहमति कार्यान्वयन नगर्ने सरकारको विगतदेखीको रवैयाले सरकार प्रतिको विश्वास गुमेको र शिक्षकहरुको एकमात्र अडान विगतमा भएका सम्झौताहरुको पूर्णरूपमा कार्यान्वयन सहितको विद्यालय शिक्षा ऐन जारि गर्नुपर्ने रहेको शिक्षक महासङ्घका राष्ट्रिय अध्यक्ष लक्ष्मिकिसोर सुवेदिले बताएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments