Home समाचार श्रीराम नवमी घर घर पूजापाठ गरि मनाईदै

श्रीराम नवमी घर घर पूजापाठ गरि मनाईदै

वीरगञ्ज, चैत २४//
आज चैत शुक्ल नवमी अर्थात श्रीराम नवमी, आज हिन्दु धर्मावलम्बीहरु घर घरमा मर्यादा पुरुषोत्तम भगवान श्री रामको पूजा आराधना गरि मनाईदै छ ।
त्रेता युगमा आज कै दिन अर्थात चैत शुक्ल नवमिका दिन अयोध्याका राजा दशरथ र महारानी कौशल्याको पुत्रको रुपमा श्रीराम को जन्म भएको मान्यता रहेको छ ।
भगवान विष्णुको सातौं अवतार मानिने भगवान रामले पृथ्वीमा भएको अन्याय तथा अत्याचारको समुल विनास गरि पवित्र आत्मा र मानवसमाजको कल्याण गरेका थिए । भने समग्र मानव जातीलाई मर्यादाको पाठ पढाई मर्यादित मार्ग अपनाउन हौसला प्रदान गरेका थिए ।
आजको श्रीरामको पूजापाठ गर्नाले भगवान रामको कृपा आफूमाथी हुने तथा ईच्छाएको कामना पूरा हुने र यस, कृति बढ्ने जनविश्वास रहेको छ ।
त्यस्तै चैते दशै अन्तर्गत आज नवमीको दिन विभिन्न शक्तिपिठहरुमा समेत भक्तजनको व्यापक भिड देखिएको छ ।
वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा आज विहानै देखि श्रद्धालुहरु खोइच भर्नुका साथै विधिवत पूजापाठ गरेका छन् भने चैते दशैको अवसरमा हिजो अष्टमिको दिन बाजा,गाजा र झाकी सहित भक्तजनहरुको व्यापक सहभागितामा गहवा माताको विशाल डोला सहितको रथयात्रा निकालीएको थियो ।
RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments