वीरगञ्ज, चैत २८//
गएराती देखि अचानक आएको मेघ गर्जन सहितको वर्षाका कारण मध्यतराईका कृषकहरु मर्कामा परेका छन् ।
गहुँ बाली भित्र्याउन बेलामा आएको यो वर्षाले मध्यतराईको पर्सा, बारा, रौतहट लगायतका जिल्लामा हजारौं किसानहरुको गहुँबाली भित्र्याउन समस्या भएको छ भने धेरै ठाउँमा गहुँबालिमा समेत नराम्रो असर पारेको छ ।
भित्र्याउनै लागिएको गहुँबालि पानी परेपछि काण्ड नरम भएर काट्न नसकिने अवस्थामा पुगेको छ भने पानी परेर खेतमा पानी लागि गहुँ काट्ने मेसिन कम्पाईन छिर्न अप्ठ्यारो भैरहेको पिडित कृषकहरुले बताएका छन् ।

