Home राष्ट्रिय सरकारको दमनले अक्रोसित शिक्षकहरू, घाईते शिक्षकहरु घाउ र पट्टि सहित आन्दोलनमा, सरकारको...

सरकारको दमनले अक्रोसित शिक्षकहरू, घाईते शिक्षकहरु घाउ र पट्टि सहित आन्दोलनमा, सरकारको चौतर्फी आलोचना

संजय गुप्ता // वीरगञ्ज, बैशाख १५//

शिक्षक आन्दोलनमा हिजो आईतवार नेपाल सरकार द्वारा गरिएको पानीको फोर्स तथा लठी चार्जबाट शिक्षकहरुमा आक्रोश बढेको छ ।

आक्रोसित शिक्षकहरु आज अझै ससक्त रूपमा प्रदर्शन गरेका छन । प्रहरीको लाठीचार्ज बाट घाईते भई अस्पताल भर्ना भएका शिक्षकहरु आज सोमबार घाउ र पट्टि सहित प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिसोर सुबेदिले आफूहरुको आन्दोलन भाड्ने षड्यन्त्र स्वरुप हिजो प्रहरी द्वारा शोषण गर्न लगाईएको आरोप ल्गाउदै आन्दोलनलाई निर्णायक बनाउन ६० जना त के ६० हजार शिक्षक हरु घाईते हुन तयार रहेको दाबी गरेका छन् ।

त्यस्तै आज शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका नेकपा एस का नेता माधव कुमार नेपाल र झलनाथ खनाल लगयतका नेताहरुको टोलिलाई आक्रोशित शिक्षकहरुले आन्दोलन स्थलबाट लखेटेका छन् । कुनै नेताहरुले साच्चिकै शिक्षक आन्दोलनमा समर्थन जनाउन मनसाय भए बाहिर बोलेको जस्तो देखावा नगरिकन सान्सद भवनमा बोलेर साथ दिनका लागि शिक्षकहरुले आग्रह गरेका छन् ।

यता करिब महिना दिन पुग्न लागेको शिक्षकहरुको राजधानी केन्द्रित आन्दोलनले सिङ्गो मुलुककै शिक्षा प्रणाली ध्वस्त हुनसक्ने खतरा बढिरहेको यस्तो संबेदनसिल अवस्थालाई नजर अन्दाज गरेर सरकारले आफूलाई निकम्मा सावित गरेको आलोचना चौतर्फी भैरहेको छ ।

कुनै पनि देश विकासको मेरुदण्डको रूपमा रहेको शिक्षा क्षेत्रको यस्तो अवस्थाले देश असफलता तिर धकेलिने प्रतिपक्षी नेताहरुको भनाई रहेको छ ।

शिक्षकहरुको आन्दोलन प्रती सरकार यस्तै गैर जिम्मेवार रहिरहे यो एउटा ठूलो जन आन्दोलनमा परिणत हुनसक्ने र सरकारको काबूभन्दा बाहिरको अवस्था सृजना हुनसक्ने संकेत समेत देखिदै छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments