भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ आज मङ्गलवार प्रतिनिधिसभामा दर्ता भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक दर्ता गरेका हुन् ।
नेपाल सरकारले यसअघि पनि भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा ल्याएर गत माघ ४ गतेको राजपत्रमा प्रकाशित समेत भएको थियो । तर, संसद्बाट अगाडि बढ्न सकेको थिएन ।
सरकारले संसद् अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्ने तथा अधिवेशन सुरु भएको पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार हिउँदे अधिवेशनको पहिलो दिन १८ माघ २०८१ मा यो अध्यादेश दुवै सभामा प्रस्तुत भएको थियो ।
विगतका अध्यादेशमा भएका परिवर्तन र नयाँ व्यवस्थालाई नै समेटेर विधेयक अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।
भूमि सम्बन्धी विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाउने तयारी रहेको मन्त्रालयका अधिकारीहरूले दाबी गरेका छन । साथै यो विधेयकबाट देशको भूमी सम्बन्धित समस्या बाट धेरै हदसम्म राहतको अनुभुती हुने विश्वास लिइएको छ ।

