आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल थाइल्यान्ड सङ्ग ७८ रनले पराजित भएको छ ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको सुपर -३ को अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई १५९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा ओर्लेको नेपाल निरधारित २० ओभरमा ९ विकेट गुमाउँदै ८० रनमा समेटियो ।
नेपालका लागि कवितार कुँवरले सर्वाधिक २४ रन योगदान दिइन् । त्यस्तै रजाजमति ऐरीले अविजित २० तथा रूविना क्षेत्रीले १२ रन बनाएका छन भने अरु कुनै खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाई २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रन तथा नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५० रन बनाइन् ।
नेपाल र थाइल्यान्ड दुबै देश यसअघि पहिलो खेलमै युएईलाई पराजित गरि विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका छन् ।