
संजय गुप्ता // वीरगञ्ज, श्रावण ०७//
भेरी नदिमा हिजो मङ्गलवार राती ट्रीपर खस्दा चालक सहित ३ जना बेपत्ता भएका छन् ।
जाजरकोटको नलगाढ नगरपालिका बाट रिम्नातर्फ जाँदै गरेको यति विल्डर्सको रा१क १५०१ नम्बरको ट्रीपर रुकुम पश्चिम आठबिसकोट पिपलचौर नीर भेरी नदिमा खसेर दुर्घटना भएको हो ।
ट्रीपरमा चालक सहित ३ जना सवार रहेको र सबैको अवस्था अज्ञात रहेको स्थानीय प्रहरीले जनाएको छ । नदिमा पानीको बहाव अत्यधिक बढेकोले खोजी कार्य गर्नमा भैरहेको कठिनाइका बावजुद पनि खोजी कार्य जारी रहेको तथा घट्नाको विशेष अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

