
मनोज गुप्ता// वीरगञ्ज, भाद्र १७//
मानिसलाई अपहरण गरि बन्धक बनाएको आरोपमा काठमाडौ बाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
belek escort
पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–१ का विराज सिंह, सोही ठाउँका राज लवट खत्री र काठमाडौ फुटुङ निवासी सन्तोष महर्जन रहेकाछन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
हिजो १६ भदौ दिउँसो साढे ३ बजेतिर फुटुङस्थित पदम चन्द्र स्कुल नजिक एक अपरिचि मानिसले एकजना व्यक्तिलाई लिएर गएको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान गर्दै गरिएको प्रहरी कार्वाहीका क्रममा तारकेश्वर–१ स्थित एक घरबाट मोबाइल समेत अफ गरि ती व्यक्तिलाई बन्धक बनाएर राखेको अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेका तिनैजना अभियुक्तहरु विरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

