संजय गुप्ता // वीरगञ्ज, भाद्र १८//
आफ्नै घरमा लुकाएर राखेको सावाँ ४ करोड नगद र करिब पौने १० किलोग्राम सुन तथा करिब सावाँ ३ किलोग्राम चाँदी सहित गोरखाका विनोद श्रेष्ठलाई काठमाडौ प्रहरीले हिरासतमा लिएको छ ।
ठूलो मात्रामा अबैध रकम लुकाएर राखेको भनी प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलिले गोरखाका गोरखा बजार निवासी श्रेष्ठलाई काठमाडौ गोङ्गबु स्थित उनको आफ्नै घरबाट हिजो मङ्गलवार साझ छापामारी पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठको घरबाट ४ करोड २५ लाख रुपैयाँ नगद, ९ किलो ८३७ ग्राम सुनका विभिन्न गरगहना र ३ किलो २ सय १८ ग्राम चान्दिका गरगहना हरु बरामद भएको छ ।
पक्राउ परेका श्रेष्ठ मिटर ब्याजी रहेको र उनले सुनका गहनाहरु धित्तो राखी मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले दाबी गरेको छ । श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौ बाट कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान भैरहेको काठमाडौ प्रहरीले जनाएको छ ।


