
संजय गुप्ता // वीरगञ्ज, भाद्र २१//
सामाजिक सञ्जाल बन्द गर्ने भनी नेपाल सरकारले गरेको निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रेका ५ जनालाई काठमाडौबाट आज शनिबार प्रहरीले पक्राउ गरेको छ ।
‘युथ कंग्रेस नेपाल’ नामक संस्थाको आयोजनामा नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रदर्शन गरिरहेका संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन् ।
प्रदर्शनकारीहरु मुखमा मास्क र त्यसको माथि बाट कालो टेप लगाएर सांकेतिक रूपमा विरोध प्रदर्शन गरिरहेका थिए । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उदेश्यले आन्दोलनमा उत्रेको प्रदर्शनकारी हरुले दाबी गरेका छन् ।
प्रदर्सनका क्रममा आयोजक संस्थाका महामन्त्री प्रभात ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजन राज गिरी, धिरज सञ्जेल र आशिष शर्मा पक्राउ परेका छन् ।
यता आयोजक संस्थाले पक्राउ परेका प्रदर्शनकारीहरु लाई बिना शर्त रिहाईको माग गरेको छ । संस्थाले भविस्यमा शान्तिपूर्ण आन्दोलनलाई गैरलोकतान्त्रिक शैलिमा रोक्ने प्रयास नगर्न एक विज्ञप्ति मार्फत चेतावनी समेत दिएको छ ।

