
मनोज गुप्ता // वीरगञ्ज, भाद्र २३//
बारा प्रहरीले आज सोमबार ९० लाख मूल्य बराबरको विभिन्न समान सहिन २ वटा ट्रक पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा बाराको जितपुर सिमरा -१, पथलैया चौकमा चेकजाँच गर्ने क्रममा आज सोमबार दिउँसो ३:४० बजे ना३ख ७९८४ नम्बरको ट्रकमा बिलबिजक नभएको दाना, जुता, हार्डवेयर लगायतका रु. ३० लाख मूल्य बराबरको अबैध सामग्री हरु तथा प्र ०३-००२ ख१२१२ नम्बरको ट्रकमा मोबिल, चाउचाउ, सुट्केस, मेडिसिन लगायतका रु.६० लाख मूल्य बराबरको सामग्री सहित पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको मालसामान सहितको ट्रक आवश्यक कामकारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालाय बाराले जनाएको छ ।

