
संजय गुप्ता// वीरगञ्ज, भाद्र २५//
अगामी सरकारको नेतृत्व कसलाई दिने भन्ने विषयमा आज बुधबार नेपाली सेनाको जंगि अड्डामा भएको छ्लफलमा नाराबाजी भएको छ ।
छलफलमा जेन्जी प्रतिनिधिहरुले सरकारको नेतृत्व गर्नका लागि पूर्व प्रधान न्यायाधीश शुशिला कार्किको नाम प्रस्ताव गरेपछि केही यूवाहरु बाहिर भेला भई नाराबाजी गरेका छन् ।
यूवाहरु मध्ये केहिले बालेन शाह लगायत अन्य व्यक्तिहरुको नाम अघि सारेका छन् ।
सरकार नेतृत्व सम्बन्धि विवाद भएपछि सैनिक मुख्यालयले जेन्जी यूवाहरुलाई भोलि बिहान छ्लफलका लागि बोलाएको छ ।
जंगिअड्डा बाहिर नेपाली सेनाको प्रतिनिधिले माईकिङ्ग गरेर जेन्जी यूवाहरुलाई भोलि बिहान आफ्ना सबै प्रतिनिधिहरुको नाम र मोबाईल नम्बर सहित सम्पर्कमा आउन सूचना गरेका छन् ।

