
मनोज गुप्ता // वीरगञ्ज, असोज ०७//
स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ ।
को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा बिराटनगर वडा नम्बर १७ बाट सो रकम लिएर जादै गरेका बिरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।
बिरानगर-१८ निवासी साहले लुकाई छिपाई सिमावर्ती भारतीय बजारबाट सो रकम लिइ आउने क्रममा पक्राउ परेका हुन ।
बरामद रकम र मोटरसाइकल सहित साहलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको मोरङ्ग प्रहरीले जनाएको छ ।

