
मनोज गुप्ता // वीरगञ्ज, असोज ०८//
भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी ६ बजे प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
जेन्जी आन्दोलनको जगमा निर्मित चुनावी सरकारको प्रधानमन्त्री द्वारा हुने सम्बोधन लाई देशका सबै नागरिकले ध्यान पूर्वक नियालिरहेको बुझिएको छ ।

