Home समाचार भ्रष्टाचार गर्नकै लागि पूर्व स्टोर प्रमुख यादव पुनः नारायणी अस्पतालमै गराए सरुवा

भ्रष्टाचार गर्नकै लागि पूर्व स्टोर प्रमुख यादव पुनः नारायणी अस्पतालमै गराए सरुवा

वीरगंज ०५ असोज/

नारायणी अस्पताल वीरगंजमा कार्यरत्त भ्रष्ट प्रवृतिका तत्कालिन स्टोर प्रमुख नायब सुब्बा सुशिल यादव घुमिफिरी पुनः नारायणी अस्पतालमै सरुवा गराउन सफल भएका छन् ।

तत्कालिन स्टोर प्रमुख नायब सुब्बा यादव, पूर्व लेखापाल सुदिप माझी र हाल नारायणी अस्पताल मै कार्यरत्त सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीले अस्पतालको लाखौंको सामान चोरी गरेर विक्रि गरेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भईरहेकै बेला रकमको बलमा यादव पुनः नारायणी अस्पतालमै सरुवा गराएको र दुई तीन दिनमै हाजिर हुने जनाईएको छ ।

अस्पतालको स्टोर शाखामा कार्यरत्त रहंदा यादव माथि स्टोरको विभिन्न सामग्रीहरु गायब गर्ने गरेको आरोप लाग्दा उनको सरुवा भएको थियो । हाल उनी सहरी सघंन कार्यालय वीरगंजमा कार्यरत्त रहेका छन् ।

अन्य ठाउँमा भ्रष्टाचार गर्न सहज नभएकै कारण नासु यादव पुनः मन्त्रालयमा लाखौंको चलखेल गरी सरुवा गराउन सफल भएको समाचार स्रोतले जनाएको छ । नासु यादवले अस्पतालमा पहिला गरेको भ्रष्टाचार बाहिर आउन थालेपछि पुनः अस्पतालमै आएर पुरानो प्रमाण मेटाउनका लागि लाखौं खर्चेर भए पनि सरुवा गराएको स्रोतले जनाएको छ ।

नारायणी अस्पतालमा दुईवटा संघीय नायब सुब्बाको दरबन्दी रहेकोमा एक लोकसेवाबाट माग गरिएको र अर्को हाल स्टोर प्रमुख सुनिल रौनियार कार्यरत रहेको भएपनि रकमको बलमा अस्पतालका उच्चपदस्त अधिकारीलाई प्रभावमा पारी नारायणी अस्पतालमा बस्ने वातावरण मिलाएको जनाईएको छ ।

अस्पतालको पश्चिमतर्फ जिर्ण अवस्थामा रहेको दुई वटा दुईतले भवन केही महिना पहिला भत्काउँदा त्यसमा रहेको पुरानो सामग्रीहरु नासु यादवले स्टोरको प्रमुख हुँदा कुनै पनि रेकर्ड नै नराखेको हाल कार्यरत्त सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीले बताए ।

सो भवनबाट निस्केको झ्याल, ढोका, कुर्सी, सोफा, फर्निचर लगायत हार्डवेरका अधिकांश समानहरु गायब पारी विक्रि गरिएको घटनामा यादव संलग्न रहेको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस दैनिकलाई बताए ।

अस्पतालबाट निस्केका पुरानो समानहरु विक्रि गर्नु पर्दा निलामी प्रक्रियामा जानु पर्ने प्रावधान रहे पनि बिना निलामी ठिक (काम लाग्ने) अवस्थामा रहेका लाखौंको सामानहरु विक्रि गरिएको समाचार स्रोतले जनाएको छ ।

सो विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले अस्पतालमा सबै भन्दा बढी जानकार कर्मचारी यादव नै रहेको बताउदै अस्पतालमा आए झनै राम्रो हुने बताए ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments