
विरगञ्ज, कार्तिक १२
एकदिवसीय विश्वकप क्रीकेट प्रतियोगितामा भारतले लगातार छैठौं म्याच जितेको छ ।
इङ्ग्ल्याण्डले टस जितेर भारतलाइ ब्याटिङको नि्म्तो दिएपछि पहिले ब्याटिङ गरेको भारतिय टिमले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा जम्मा २२९ रन बनाएको थियो । शुरुमै नराम्रो प्रदर्शन गरेको भारतिय टिमका लागि क्याप्टेन रोहित शर्माले शानदार ८७ रन र सुर्य कुमार यादवले ४९ रन बनाउदै सम्मान जनक स्कोर खडा गरेको थियो ।२३० रनको विजयी लक्ष्य सहित मैदानमा ओर्लेको इङ्ग्ल्याण्ड्ले ३४.५ ओभर मै सबै विकेट गुमाउँदै जम्मा १२९ रन मात्रै बनाउन सकेपछी भारतले सो म्याच १०० रनको फराकिलो अन्तरले जित्दै प्वाइन्ट टेबलको शीर्ष स्थानमा पुगेको छ ।

