वीरगन्ज, मंसिर २
हिन्दु हरुको महान लोक आस्था बोकेको सुर्योपास्नाको व्रत छठ् पर्वको दोश्रो दिन आज शनिबार खरना मनाइदै छ । आज बिहानै देखि निराहार बसेका श्रद्धालु हरु बेलुकी गाइको गोबर र माटोले घर आङगन तथा पूजा घर लिपपोत गरि चोखो बनाइ चामल, दूध, सक्खर आदिको प्रयोग गरि बनाइएको खिर र रोटि खाने गर्द्छन जसलाइ रसियाव रोटि पनि भन्ने गरिन्छ ।

शुक्रबार नुहाएर खाइ सुरु गरिएको चठ पर्व अन्तर्गत भोलि आइतबार सानो घाट अर्थात साझको घाट अस्ताउदो सुर्यलाइ अर्घ दिई पुजा पाठ गरिने छ र पर्सि सोमबार बिहान उदाउँदो सुर्यलाइ अर्घ अर्पण गरि व्रत समापन हुने छ ।

