वीरगञ्ज, माघ २३
सर्लाहीको सवारी दुर्घटनाका घाइतेहरु मध्ये एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भै उपचाररत जिल्ला नापी कार्यालय सर्लाही मलंगवाका कार्यालय सहयोगी बागमती नगरपालिका -५ निवासी विनोद घिमिरेको उपचारको क्रममै मृत्युु भएको हो ।
हिजो सोमबार राति ८ बजे तिर नापी कार्यालयका सर्लाहीका कर्मचारीहरू चढेको बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सर्लाहीको मलंगवा नगरपालिका – १० गम्हरियास्थित चमेली माई मन्दिर नजिकै दुर्घटना भएको थियो ।

उखु लोड गरेको ट्र्याक्टरमा ठोकेपछी भएको दुर्घटनामा परि नापी कार्यालय सर्लाही मलंगवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएको खबर प्राप्त भएको छ ।
यस्तै अन्य घाइते हरुमा महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलंगवा नगरपालिका – ३ का ३५ वर्षीय रामलाल साह, सर्लाही कौडेना गाउँपालिका – २ का २४ वर्षीय सञ्जित मण्डल, महोत्तरी एकडारा गाउँपालिका – २ का ३० वर्षीय रिटेन यादव, सर्लाही मलंगवा नगरपालिका – ३ का ५० वर्षीय बैधनाथ पटेल, मलङ्ग्वा नगरपालिका – ७ का ३४ वर्षीय रामबाबु राय, धनुषा शहीद नगर – ७ का २९ वर्षीय दीपेन्द्र यादव, बारा कलैया उपमहानगरपालिका – २० का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

