सन्जय गुप्ता // वीरगञ्ज, बैशाख २५
शैक्षिक सत्र२०८१काे लागि नयाँ भर्ना कार्यक्रमअन्तर्गत श्री माई स्थान बिधापिठमा आज बैशाख २५ गते दाेस्राे पटक प्रवेश परीक्षा सम्पन्न भएको छ । आज भएको दोश्रो प्रवेश परिक्षामा समेत नयाँ भर्ना हुन चाहने विद्यार्थीहरुको ठूलो उपस्थित देखिएको छ । परिक्षा स्थलमा विद्यार्थी सङ्गै अभिभावकहरुको पनि घुईचाे लागेकाे देखिएको छ ।
बीरगँज महानगर काे निर्णय अनुसार महानगर भित्र रहेकाे बिद्यालयहरु मध्ये चार वटा बिधालयलाई पुर्णरूपमा अँग्रेजी माध्यम गरेपछि अभिभावक तथा बिधार्थीकाे छनाैटमा परेकाे माई स्थान बिध्यापिँठ माविमा बिधार्थीहरू काेअत्यधिक भिड देखिएको छ। बिधार्थी हरू काे राेजाईमा परेकाे यस बिधालय मा शैक्षिक गतिबिधि प्रति सम्पुर्ण बिधालय परिवार पुर्ण रूपले प्रतिबध रहने कुरा विद्यालयका प्र.अ.मुनिलाल कर्णले बताउनु भयाे।
प्र.अ.कर्ण का अनुसार बिधार्थी काे अनुपातमा भाैतिक सँरचना अपुग त्यस्तै शिक्षक दरबन्दी समेत न रहेकाे ले गुणस्तरिय शिक्षा दिन चुनाैति समेत रहेकाे भएपनी यस्ता समस्या हामी सबै मिलेर समाधान गर्ने आम अभिभावकहरुको प्रतिबध्दता बाट विद्यालय परिवार हौसिएको छ।
यस्ता समस्या समाधान गर्न सम्बन्धि निकाय काे ध्यान पुगाेस् र चाडाे भन्दा चाडाे समाधान हाेस भन्ने अभिभावक हरूकाे पनि चाहना रहेको प्र.अ कर्णले बताएका छन।

