वीरगञ्ज, असोज २७ भारतिय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । हिजो शनिबार राति मुम्बईको बान्द्रा नजिक उनीमाथि अचानक गोलि चलाइएको हो ।
छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमणमा परेका सिद्धिकी लाई गोलि लागि गम्भीर घाइते अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको छ ।
घट्नामा संलग्न रहेको आशन्कामा भारतीय प्रहरीले दुईजनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
विगत ४८ वर्ष देखि भारतिय काङ्ग्रेसमा रहेका सिद्धिकी करिब ८ महिना देखि एनसीपी (अजीत पवार गुट) मा सामेल भएका थिए ।

