वीरगञ्ज, पौष २०//
सिधाकुरा अनलाइनका पर्सा जिल्ला सम्वाददाता पत्रकार जियालाल साहलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिले माग गरेको छ ।
नेपाल पत्रकार महासंघले आज शनिवार बिज्ञप्ती प्रकाशित गर्दै पत्रकार साहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत दिइएको धम्की प्रति महासंघको ध्यानाकर्षण भएको बताइएको छ ।
गत पौष १४ गते विवादास्पद पृष्ठभूमिका व्यक्ति लाई पार्टी प्रवेश शिर्षकमा सिधाकुरा अनलाईनमा प्रकाशित समाचारको विषयलाई लिएर सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका धम्किपूर्ण तथा हतोत्साहित गर्ने अभिव्यक्ति दिइएकोमा ती व्यक्तिहरुको पहिचान गरि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
सामाजिक सञ्जालमा आफ्नो विचार राख्न पाउनु र टिक्काटिप्पणी गर्न पाउनु व्यक्तिगको अभिव्यक्ति स्वतन्त्रता भए पनि पत्रकारलाई असुरक्षित गराउने र चरीत्रमा ठेस पुर्याउनु सामाजिक अपराध रहेको दाबी नेपाल पत्रकार महासङ्घले केन्द्रिय महासचिव रामप्रसाद दाहाल द्वारा हस्ताक्षरीत विज्ञप्ति मार्फत गरेको छ ।

