वीरगञ्ज, फागुन-७//
आज फागुन ७ गते, अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस, आज राष्ट्रिय प्रजातन्त्र दिवस देशैभरी विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
प्रजातन्त्र दिवसको अवसरमा सङ्घिय राजधानी सङ्गै विभिन्न जिल्ला तथा गाउँपालिका स्तरिय कार्यक्रम गरि देशैभरी प्रजातन्त्र दिवस मनाईदै छ ।
प्रजातन्त्र दिवसका अवसरमा आज पर्साको वीरगञ्जमा पनि वृहत् सरसफाई कार्यक्रम सप्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल गण न.१३ हेड्क्वार्टर, सामुदायिक प्रहरी आदर्श नगर्व्र ग्रीन सिटि को संयुक्त आयओजनामा कार्यक्रम सम्पन्न भएको हो । वीरगञ्ज घणटघर बाट सुरु गरिएको सरसफाई कार्यक्रम लिङ्करोड हुँदै नयाँ बसपार्क पुगि सम्पन्न भएको छ ।

