वीरगञ्ज, चैत २७//
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ को कारयालयमा तोडफोड र चोरी भएको छ ।
हिजो मङ्गलवार रातीको समयमा ५/६ जनाको समूहमा आएका व्यक्तिहरुले कार्यालयको ताला फोडेर भित्र गई कार्यालयमा राखिएको टेबल, कुर्सी, पंखा, दराज लगायतका समानहरु तोडफोड गरेका छ्न । चोरहरुको समूहले कार्यालयबाट महत्त्वपूर्ण कागजात, लेटरप्याड, छाप एवम कार्यालयमा प्रयोग गर्न राखिएको ल्यापटप समेत चोरी गरि लगेको वडाध्यक्ष आरिफ अन्सारीले बताएका छन् ।
तोडफोड बाट १२ वटा कुर्सी र ३ वटा दराज पूर्ण रूपमा नष्ट भएका छन् । यता घट्ना बारे गाउँपालिका अध्यक्ष जसवन्त यादव सङ्ग बुझ्दा पछिल्लो केही दिन देखि एकजना गैर नेपाली नागरिकलाई नागरिकताको सिफारिस गर्न सम्बन्धित वडाध्यक्ष अन्सारीलाई दबाब आएको र सो सिफारिस नगरेको रिसवी साध्नका लागि यस्तो गरिएको हुनसक्ने आशन्का व्यक्त गरेका छन् । साथै ती व्यक्तिहरुमाथी कानूनी कारवाहिका लागि पनि प्रक्रिया अगाडि बढिसकेको अध्यक्ष यादवले बताएका छन् ।

