संजय गुप्ता // वीरगञ्ज, भाद्र २६//
जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
जेनजी समूहको आन्दोलनका कारण उत्पन्न भयावह अवस्थालाई नियन्त्रणमा लिन तथा कुनै अपृय घट्ना हुन नदिने अभिप्रायले आज विहिबार देखि अर्को सूचना जारी नहुन्जेल सम्म विहान १० बजे देखि बेलुकी ५ बजे सम्म र बेलुकी ७ बजे देखि अर्को विहान ६ बजेसम्म कर्फ्यु आदेश गरेको तथा दैनिक बिहान ६ बजे देखि १० बजे सम्म तथा अपरान्ह ५ बजे देखि साझ ७ बजे सम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
कर्फ्यु अवधिभित्र पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पूल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट भित्र ५ जना वा सो भन्दा बढी व्यक्तिहरु भेला हुन, जूलूस, सभा वा कुनै कार्यक्रम गर्न नपाईने पनि प्रशासन कार्यालय द्वारा जारी विज्ञप्ति बाट जनाईएको छ । साथै निषेधाज्ञा लाई उलंघन गरेमा कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।
कर्फ्यु र निषेधाज्ञाको अवधिमा प्रेस, एम्बुलेन्स, दूध बोक्ने गाडी लगायतका अत्यावश्यकिय बाहनहरु चल्न दिइने जनाईएको छ ।