
रौतहट–पत्रकारहरूको हकहित संरक्षण तथा श्रमजीवी पत्रकारका समस्या र अधिकारका विषयमा आवाज उठाउँदै आएको पत्रकार जनमत संघले रौतहट जिल्ला संयोजकमा सत्येन्द्र प्रताप सिंहलाई मनोनीत गरेको छ।
संघको जिल्ला समितिको निर्णयअनुसार सिंहलाई रौतहटमा संगठन विस्तार तथा नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो। उनको मनोनयनसँगै जिल्लामा संगठनलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
नवमनोनीत जिल्ला संयोजक सिंहले जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारलाई समेटेर संगठनलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले पत्रकारहरूको पेसागत हकहित, सुरक्षा तथा वृत्ति विकासका सवालमा आफू निरन्तर क्रियाशील रहने बताए।
सिंहले छिट्टै जिल्ला समितिलाई पूर्णता दिई संगठनका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने जानकारीसमेत दिएका छन्।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सिंहको मनोनयनप्रति जिल्लाका अग्रज पत्रकार, सञ्चारगृहका प्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

