वीरगञ्ज, पौष ८
पच्छिलो केही समय यता देखि पर्सा जिल्लाभर मोटरसाइकल चोर हरुको सक्रियता बढेको छ ।
केही समय देखि वीरगञ्जमा एक पछि अर्को गरि शृङ्खलाबद्ध रूपमा मोटरसाइकल चोरीका घटनाहरु बढेको कुरालाई लगातार ३/४ जना सञ्चारकर्मीहरुकै मोटरसाइकल चोरिको घट्नाले प्रमाणित गरेको छ ।

यता हिजो शनिबार पर्सा को कालिकामाइ गाउपालिका वडा नम्बर १ मूड्लिबाट स्थानीय अनिल राउत कुर्मिको मोटरसाइकल चोरीको खबर प्राप्त भएको छ भने आज आइतबार बेलुकी ७:३० बजे तिर कालिकामाइ गाउपालिका वडा नम्बर २ निबासी डा. रबिन्द्र चौरसियाको सुपर स्पलेन्डर मोटरसाइकल घन्टाघर स्थित तरकारी बजार बाट चोरी भएको छ ।
बजारकै छेउमा मोटरसाइकल राखि तरकारी किन्न गएका डा चौरसिया केही मिनेटमै तरकारी किनेर फर्किदा उनको प्र ०२-०३ -०१४ प २७३२ नम्बरको कालो पेन्ट भएको सुपर स्पलेन्डर गाडी त्याहा बाट चोरी भैसकेको बताएका छन् ।

