Home समाचार वडा सदस्यहरुमाथि नगरप्रहरीबाट लाठीचार्ज गराई कलैयाको निति तथा कार्यक्रम सम्पन्न

वडा सदस्यहरुमाथि नगरप्रहरीबाट लाठीचार्ज गराई कलैयाको निति तथा कार्यक्रम सम्पन्न

कलैया , ०६ जेष्ठ
कलैया उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम बुधबार बिवादै विवादको बिचमा एकलौटी रुपमा सम्पन्न भएको छ। कलैया स्थित करण राज पार्टी प्यालेसमा राखिएको निति तथा कार्यक्रममा कलैया उपमहानगरपालिकाको सम्पुर्ण वडाको वडा सदस्यहरुले बिरोध गरेका छन्। सम्पुर्ण वडा सदस्यहरु निति तथा कार्यक्रम हामिलाई कम्तिमा पाँच दिन अघि प्राप्त भएपछि हामि छलफल गरी सहभागी हुने माग गरेका छन्। तर कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहले एकलौटी रुपमा निति तथा कार्यक्रम सँचालन गराएका थिए ।
निति तथा कार्यक्रम एकलौटी रुपमा सँचालन भएपछि सम्पुर्ण वडा सदस्यहरु सभा हलमा प्रवेश गरी निति तथा कार्यक्रम स्थगित गर्नु पर्ने चर्को नाराबाजी गरेका थिए। वडा सदस्यहरुको चर्को नाराबाजीको बिचमा पनि नगरप्रमुख साहले उपस्थित अतिथिहरु स्वागत गर्नेमा नै ब्यस्त रहेको कारण वडा सदस्यहरुले सभा हलको कुर्सी तोडफोड समेत गरेका छन्। कुर्सी तोडफोड पछि कलैया उपमहानगरपालिकामा कार्यरत नगरप्रहरीहरुले वडा सदस्यहरु माथि लाठि चार्ज गर्दै सभाहलबाट बाहिर निकालेका थिए । नगरप्रहरीको लाठीचार्जबाट कुटाईएका कलैया उपमहानगरपालिकाको वडा नं १७ का वडा सदस्य अवास अँसारी, वडा नं २ का वडा सदस्यमनोज साह , वडा नं १५ का वडा सदस्य आहाव अँसारी, वडा २२ का वडा सदस्य महेश कुशवाहा लगायतका वडा सदस्यहरु सभाहल बाहिर होहल्ला मचाईरहेको बेला नगरप्रहरीहरु सभाहलको गेटमा लामबद्ध रुपमा खडा भई भित्र जान दिएका थिएनन्।
सोहि मौका छोपी नगरप्रमुख साहले वडा सदस्यको हो हल्लाको वास्ता नगर्दै आफ्नो निति तथा कार्यक्रम सम्पन्न गरेका छन्। एकलौटी रुपमा गरीएको निति तथा कार्यक्रम कर्मचारीहरुलाई , प्रधानाध्यापकहरुलाई तथा उत्कृष्ट करदातालाई सम्मान समेत गरीएको छ।
बिवादै विवादको बिचमा नगरप्रमुख साहको निर्देशनमा उप प्रमुख रौशन परविनले एक अर्व ५४ करोड ३८ लाख ६६ हजार २५० रुपैयाको बजेट प्रस्तुत गरेकि छिन। जसमा पुजिगत तर्फ ६२ करोड ४० लाख ६६ हजार २५० रुपैया र चालु तर्फ ९१ करोड ९८ लाख रुपैया प्रस्तुत गरेकि छिन।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments