Home समाचार वीरगंज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट

वीरगंज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट

वीरगंज । वीरगंज महानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । बुधबार भएको नगरसभाको १३ औं अधिवेशनमा आर्थिक वर्ष २०८०÷०८१ का लागि अनुमानित ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याईएको हो ।

वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको कुल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ बिनियोजन गरिएको छ । जुन कुल बजेटको ७७ प्रतिशत हो । यस्तै, पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको २२ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ कुल बजेटको एक प्रतिशत अर्थात ३ करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।

आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख रुपैयाँ र खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवम् विकेन्द्रित रुपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाको लागि ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेक्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यत्रमका लागि ४ करोड ७५ लाख र खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै लामखुटेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २१ करोड १२ लाख रुपैयाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार रुपैयाँ, राजश्व बाँडफाडबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

गत आवमा नगरसभाको १२ औं अधिवेशनले चालु आवका लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालु आवभन्दा आउदो आवमा महानगरको बजेट १२ करोड २७ लाख ५८ हजार रुपैयाँ कम हो ।

अधिवेशनमा महानगरका मेयर राजेशमान सिंहले आगामी आवका लागि महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । चालु आवमा महानगरका बढीमा ३० युनिटसम्म विद्युत खपत गर्ने गरिब तथा विपन्न परिवारहरुको ग्राहस्थ मिटरको न्युनतम मासिक शुल्क र विद्युत् महशुल शुल्कको भुक्तानी र कृषि उब्जनी बढाउनका लागि महानगरका किसानहरुको सिँचाइ मिटरको सम्पूर्ण विधुत् महशुल भुक्तानीको दायित्व वीरगन्ज महानगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएकोमा आउँदो आवदेखि नेपाल सरकारले नै गार्हस्थ मिटरमा ३० देखि ५० युनिटसम्मको विद्युत् महशुल निशुल्क गर्ने निर्णय गरेको हुँदा वीरगन्ज महानगरले गार्हस्थ मिटरमा दिने अनुदानको व्यवस्था हटाई कृषि मिटरमा दिइएको अनुदानलाई कायमै राखेको छ ।-कान्तिपुर

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments