बारा,८असार /
बाराको परवानीपुर गाउँपालिकाको १२ औं गाउँ सभा तथा आ.व २०८०÷०८१ को प्रथम गाउँसभा सम्पन्न भएको छ । कृषि अनुसन्धान निर्देशनालय परवानीपुर बाराको सभाहलमा सम्पन्न गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्रि प्रसाद कुर्मिले आफु जनताका कृषि,शिक्षा,स्वास्थ इत्यादि सेवामा सहज प्रदानका लागि अहोरात्र लागेको कुरा सम्पुर्ण जनताहरुमा जगजाहेर रहेको बताएका छन । बिशेष गाउँ सभालाई सम्बोधन गर्दै, अध्यक्ष कुर्मीले आफुले बोल्नु भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताए ।
अध्यक्ष कुर्मिले बिधिको शासनमा परवानीपुर गाउँपालिका नमुना भएको स्मरण गराउदै सबै समयमा आफुहरुले सभा र बिशेष सभा गराउन सफल भएको बताउदै आफ्नो गाउँपालिकाको उप–प्रमुख सम्पुर्ण वडा अध्यक्ष तथा सदस्य लगायत सबै कर्मचारीलाई समेत धन्यवाद दिए ।
गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत मुन्ना रौनियारका अनुुसार गाउँ सभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको छ ।
यस्ता गाउँपालिकाका लागि आवश्यक ऐन कानुन, नियम, नियमावली, कार्यविधि र निर्देशिका पारित भएको र अब राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने बाटो गाउँपालिकालाई खुलेको समेत उनले बताए । गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले गाउँपालिकाको कार्य प्रगति बारे स्पष्ट पारेका थिए। सभाको प्रमुख अतिथि समेत रहेकी पुर्ब मन्त्री बारा कि सांसद ज्वाला साहले कृषि तथा खानेपानीमा विशेष जोड दिन गाउँपालिकालाई सुझाव समेत दिएकी थिइनँ ।
परवानीपुर गाउँपालिकाले आफ्नो १२ औं गाउँ सभा बाट ३५ करोड ७७ लाख ४४ हजार बजेट पारित गरेको छ । उक्त गाउँ सभामा वडा अध्यक्षहरु, गाउँ सभा सदस्य,विभिन्न पार्टीका नेताकार्यकर्ता,बुद्धिजीवी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

