Home समाचार प्रधानमन्त्रीसंग सांसद चौरसियाको प्रश्न : मुलुकको कूल राजश्व संकलनमा ७० प्रतिशत योगदान...

प्रधानमन्त्रीसंग सांसद चौरसियाको प्रश्न : मुलुकको कूल राजश्व संकलनमा ७० प्रतिशत योगदान गर्ने बिरगंज नेपाल सरकारको बजेटको प्राथमिकतामा किन परेन ?

 

वीरगन्ज, ८ असार / पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य (सांसद) अजय चौरसियाले संघीय सरकारले ल्याएको बजेटमा वीरगन्जलाई उपेक्षा गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद चौरसियाले मुलुकको कूल राजश्व संकलनमा ७० प्रतिशत योगदान गर्ने वीरगन्जलाई बजेटमा उपेक्षा र विभेद गरिएको बताएका हुन् ।चौरसियाले प्रधानमन्त्रीसंग प्रश्न गर्दै भने,‘ बजेटमा वीरुगन्ज प्राथमिकतामा किन परेन ? बजेटामा वीरगन्जको विकासका लागि योजना के छ ? ’

चौरसियाले वीरगन्जको नारायणी रंगशाला , नारायणी अस्पताल , ठाकुरराम बहुमुखी क्याम्पसको स्तरोन्नत्ती र पूर्वाधार विकासका लागि कति कति बजेट विनियोजन गगरिएको छ ? भन्ने प्रश्नपनि प्रधानमन्त्रीसंग गरे । उनले वीरगन्जका लागि मात्र नभइ मधेसमा नै कम बजेट दिएको आरोपपनि लगाए ।

सांसद चौरसियाले गरेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे ।प्रधानमन्त्री प्रचण्डले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।

उनले भने,‘ संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ,आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।’

प्रधानमन्त्री प्रचण्डले वीरगन्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए ।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments