Home समाचार पकहाँमैनपुरको गाउँसभा उदघाटनमै सिमित

पकहाँमैनपुरको गाउँसभा उदघाटनमै सिमित

वीरगंज ११ असार/
पर्साको पकाहा मैनपुर गाउँपालिकाका जनप्रतिनिधिहरु बिच कुरा नमिलेपछि गाउँसभा स्थगित गरिएको छ ।
अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु बीच कुरा नमिल्दा पकाहा मैनपुर गाउँपालिकाको १० औं गाँउ सभा आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रमको उदघाटन मात्र गरि स्थगित गरिएको र चाडै सबै प्रतिनिधिहरु बिच छलफल गरी सभालाई पूर्णता दिने अध्यक्ष  सुरेश मेहताले बताए ।
केही दिन पहिला जनप्रतिनिधिहरु बिच बसेको बैठकले सबै सहमति भए पनि अध्यक्ष मेहताले सभाको दिन २ करोड कृषि, २ करोड पकहाँ स्कूल र साढे ३ करोड मेयर आफैले पहिला नै चलाएकोले सो बजेट छुटयाई बजेट बाँडफाँट गर्नु पर्ने अडान लिएपछि वडाध्यक्ष लगायत अन्य पालिका सदस्यहरुले बिरोध गरेपछि गाउँसभा उदघाटन मै सिमित भएको एक वडाध्यक्षले बताए ।
२÷३ दिन पहिला बसेको बैठकबाट डेढ करोड अध्यक्ष, एक करोड उपाध्यक्ष, ९०÷९० लाख सबै वडाध्यक्ष एवं सदस्यलाई दिने सहमति भए पनि अध्यक्ष मेहताले आफुले पहिले गरेको कार्यको भुत्तानी गर्न अडान लिएपछि कार्यक्रम स्थगित गरी आउदो बुधबार पुनः सभा गर्ने सो वडाध्यक्षले बताए ।
सो सम्बन्धमा अध्यक्ष मेहता सँग सम्पर्क गर्दा निति तथा कार्यक्रम र बजेटमा वडाध्यक्ष एवं सदस्यहरु सँग कुरा नमिलेपछि उदघाटन मात्रै गरिएको बताए ।
अध्यक्ष मेहताको अध्यक्षतामा भएको कार्यक्रममा गाउँसभाको उदघाटन शत्रमा प्रमुख प्रसाशकिय अधिकृत राज कुशवाहा, पुर्व गाबिस अध्यक्ष नसुरलाह मियाँ, वडाअध्यक्षहरु बलिराम चौरसिया, ढेरी प्रसाद यादव, संजय चौहान, मुकुट चौहान, बिनोद मेहता, कार्यपालिका सदस्य नेकमहम्द मियाँ, रामबहादुर सोनार, स्थानिय राजनितिकर्मी लक्ष्मण पटेल, हरी चौहान, राकेश कुशवाहा लगायतको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments