Home प्रदेश मधेश बारागढी गा.पा.मा भ्रष्टाचारको रासलिला, लेखा अधिकृत चौधरी र पालिका अध्यक्ष जैसवाल भए...

बारागढी गा.पा.मा भ्रष्टाचारको रासलिला, लेखा अधिकृत चौधरी र पालिका अध्यक्ष जैसवाल भए मालामाल

 

वीरगंज १३ असार । बारा जिल्लाको बारागढी गाउँपालिकाका लेखा अधिकृत अजय चौधरी र गाउँपालिका अध्यक्ष अशोक जैसवालको भागबण्डाको बिषयमा समाचार उजागर हुनासाथ अध्यक्ष लगायत लेखा अधिकृत बहुलाए झै प्रतिकृया दिए पश्चात चौतर्फी आलोचना हुन थालिएको छ । असार १० गते बिभिन्न संचार माध्यमबाट बारागढी गाउँपालिकाका अध्यक्ष जैसवाल र लेखा अधिकृत चौधरीको भागबन्डा बारे समाचार उजागर भए पश्चात मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै बहुलाए झै प्रतिकृया दिएका हु्न ।
केहि तेलको लोभ देखाउदै समाचार खन्डन गर्न बोलाइएका पत्रकारहरुको टोली अगाडी बारागढी गाउँपालिकाका अध्यक्ष आफ्नो पदको दम्भ बताउदै महिला पत्रकार कै अगाडी अश्लिल शब्द प्रयोग गरेको भिडियो नै सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष अशोक जैसवालले अण्डकोष चाट्ने शब्द प्रयोग गर्दै नियम कानुन र आफ्नो मर्यादा बिर्सिदै बहुलाए झै प्रतिकृया दिएको बारे भिडियो क्लिपबाटै प्रष्ट हुन्छ । अध्यक्ष जैसवालको भिडियो क्लिप समाजिक संजालमा उजागर हुनासाथ चौतर्फी आलोचना समेत भएको देखिन्छ । तर खन्डन गर्ने उदेश्यले तेलको लोभमा बारागढी गाउँपालिका पुगेका पत्रकारहरुको आँखामा लाज समेत नलागि यथावत नै रहि खन्डन गर्नेतर्फ उन्मुख नै भएको प्रष्ट हुन्छ ।
समाचार लेखेका सम्बन्धीत पत्रकारको उपस्थिती बिना नै पत्रकार सम्मेलन गरिएको कारण सम्पुर्ण पत्रकारको भावनामा चोट पुरयाउदै इज्जत माथी पनि खेलवाड गरेको स्पष्ट बुझन सकिन्छ । गाउँपालिका भित्र गरेको कतुर्त लुकाउन लेखा अधिकृत अजय चौधरी र गाउपालिका अध्यक्ष अशोक जैसवालले पत्रकार सम्मेलन गरेको बारे यहाँ स्पष्ट बुझन सकिन्छ ।
त्यस्तै बारा जिल्लामा “क” बर्गका पत्र पत्रिका हुँदा हुदै पनि कमिशनको लोभमा बाहिरका पत्रिकालाई बिज्ञापनहरु दिइएका कारण पनि त्यस पालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरु घुसखोर तथा भ्रष्ट रहेको बारे प्रमाणित गर्दछ । बारागढी गाउँपालिकामा भएको भ्रष्टाचार बारे अख्तियार दुरुपयोग अनुसन्धान लगायत जिल्ला प्रशासन कार्यालय बारामा समेत उजुर परेपनि हालसम्म बिचाराधिन रहेको देखिन्छ ।
यसरी कुर्सीको बलमा देशका कानुन, संबिधान र प्रशासनलाई लत्याउँदै सरकारसंग अनुमती लिई दर्ता गरिएका पत्र पत्रिका तथा श्रमजिवी पत्रकारलाई अपहेलना गर्ने जनप्रतिधि देशमा राज गर्ने हो भने निमुखा जनताहरु शंकटमा पर्ने देखिन्छ । त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पत्रकारको अगाडी गरिएको व्यबहारलाई देख्दा सोझा साझा जनता संग कस्तो व्यबहार गरिन्छ होला सहजै अनुमान लगाउन सकिन्छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments