Home समाचार वीरगञ्जका नगर प्रमुख सिंहको पहलमा वीरगञ्जमै मृगौला प्रत्यारोपण सुरु हुँदै

वीरगञ्जका नगर प्रमुख सिंहको पहलमा वीरगञ्जमै मृगौला प्रत्यारोपण सुरु हुँदै

वीरगञ्ज, १२ असार /
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।
मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने तयारी गरिएको हो ।
मंगलबार वीरगञ्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख राजेशमान सिंहले मृगौला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचना सहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । वीरगञ्ज सहित मधेस प्रदेशको मृगौला बिग्रिएको र डायलासिसमा रहेको बिरामीलाई प्रत्यारोपण गराउन हरसम्भव सहयोग गर्ने प्रमुख सिंहले बताउनु भएको छ ।
नारायणी अस्पतालमा इन्फेक्सन नहुने गरि अपरेसन थियटर बन्न सुरु भएपछि यहाँ आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सक सहितको समुहले मृगौलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठले बताउनु भयो । नारायणी अस्पतालको निरीक्षण आफूले गरेको र सबै मिलेर लागे केही महिना भित्रमा नै मृगौला प्रत्यारोपण हुन सक्ने निर्देशक डा.श्रेष्ठले बताउनु भयो ।
नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले मृगौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाडै मृगौला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरुले तयारी गरेको बताउनुभयो ।
वरिष्ठ उद्योगपती तथा समाजसेवी अशोक बैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र मृगौला प्रत्यारोपणको लागि पनि सहयोग गर्ने बताउनुभयो । छलफलमा स्वास्थ विटको जानकार वरिष्ठ पत्रकार अतुल मिश्र, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, हेल्थ टुडेका सम्पादक पदम राज जोशी, महानगरका प्रेस सल्लाहकार महेश दास, मृगौला प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थकर्मीहरुको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments