Home समाचार माउन्ट हर्मन स्कुलमा म्यानेजमेन्ट र एजुकेशन फैकल्टी पढाई हुने

माउन्ट हर्मन स्कुलमा म्यानेजमेन्ट र एजुकेशन फैकल्टी पढाई हुने

 

वीरगंज १६ असार /
वीरगंज २३ प्रसौनी बिर्तामा रहेको माउन्ट हर्मन स्कुलले + २ (प्लस टु) संचालन गर्ने भएको छ । स्कुलले आज पत्रकार सम्मेलनको आयोजना गरि यहि शैक्षिक सत्र देखि आफनै निजि भवनमा म्यानेजमेन्ट र एजुकेशन फेकल्टीमा + २ संचालन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्कुलका प्रधानाध्यापक संतोष साहले गाँउमै बिद्यार्थीहरु उच्च शिक्षा हासिल गरुन भन्ने उद्देश्यले + २ संचालन गर्न लागिएको जानकारी दिए । उनले गाँउघरका चेलीबेटीको शैक्षिक स्तर वृद्धि गर्न कलेजले बिशेष ध्यान दिने बताउनुभयो । साहले गाँउमै + २सम्मको स्तरीय शिक्षा प्रदान हुन थालेपछि अभिभावक र बिद्यार्थीहरुलाई सजिलो हुने बताए । जाडोयाममा हुने परेसानीबाट अब बिद्यार्थीहरुलाई राहत मिल्ने समेत प्र.अ साहको दावी थियो । उनले कलेज संचालन गर्नु आफनो ठुलो सपना रहेकोले भाषण भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । कलेजले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संगै समाजिक र व्यवहारिक शिक्षामा पनि बिशेष जोड दिने बताउनुभयो ।

यसैगरी प्रमुख अतिथी अवधकिसोर कुशवाहाले कलेज संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार जगत राई अभिभावक मुस्तिक अंसारी लगायतकाले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा वडा सदस्य लालबाबु यादव, कान्ति देवी महतो, वडा सचिव राजेन्द्र यादव,अभिभाव लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार राकेश साहले गरेका थिए ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments