Home प्रदेश मधेश पर्सामा १० जना मिटरब्याजी प्रहरी थुनामा

पर्सामा १० जना मिटरब्याजी प्रहरी थुनामा

 

वीरगन्ज ,२०असार/ जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) गरेको आरोपमा १० जनालाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएका उजुरीको सम्बन्धमा छानबिन गर्दा १० जना मिटरब्याजीलाई थुनामा राखेर कारबाही अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा गत आइतबारसम्म मिटरब्याजीविरुद्ध १ हजार ३ सय २१ उजुरी दर्ता भएको र ती उजुरीको सम्बन्धमा क्रमैसँग आवश्यक छानबिन भइरहेको बताइएको छ । ‘हालसम्म २ सय ३१ उजुरीको सम्बन्धमा छलफल भइसकेको छ,’ उनले भने, ‘तीमध्ये ८० उजुरीमा पीडितको पक्षमा फर्छ्योट भइसकेको छ ।’ त्यसैगरी ८० वटा उजुरीमा दुबै पक्षले मिलापत्र गरेका छन् भने २ वटामा मुद्दा दर्ता भएका छन् ।

मिटरब्याजीविरुद्ध अनलाइन उजुरी दर्ता गरिँदै छ । उजुरी आउने क्रम जारी रहेकाले नयाँ उजुरी दर्तासँगै पुराना उजुरीको सम्बन्धमा क्रमशः छानबिन पनि जारी रहेको उनले बताए । कार्यालयमा वैशाख १७ देखि उजुरी दर्ता गर्न थालिएको हो ।

जिल्लाभरका १४ वटै स्थानीय तहबाट मिटरब्याजीविरुद्ध उजुरी दर्ता भएको उनले बताए । विशेषगरी लेनदेन र जग्गा जमिन सम्बन्धी मिटर ब्याज पीडितहरुको उजुरी बढी दर्ता भएका छन् ।

पौडेलले सामान्यतया मिटरब्याजीहरुले कसैलाई थोरै रकम दिएर त्यस वापतको कपाली तमसुक र दोब्बर देखि तेब्बरसम्म बढीको बैंक चेक धितो वापत राख्ने प्रवृत्ति रहेको बताए । यसरी एकै व्यक्तिलाई धितो वापत सापट दिएको रकमको दोब्बर तेब्बरभन्दा पनि बढी रकम लेखेर कपाली तमसुक गराउने र बैंकको चेकसमेत लिएर हदैसम्म अन्याय गर्ने प्रवृत्ति रहेको पाइएको उनले बताए ।

उजुरीको छानबिनको क्रममा दुबै पक्ष मात्र नभई कपाली वा अन्य कागजात लेख्ने लेखापढी वा कानुन व्यवसायीलाई पनि कार्यालयमा बोलाएर आवश्यक सोधपुछ तथा बयान लिने काम भइरहेको उनले बताए । कतिपय उजुरीको सम्बन्धमा दुबै पक्षलाई कार्यालयमा छलफलका लागि बोलाउँदा आरोपित पक्ष नआउने गरेको समेत पाइएको उनले बताए ।

छानबिनको क्रममा लेनदेन गर्नेहरुको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता रहे नरहेकोबारे सुक्ष्म अनुसन्धान गर्ने गरिएको उनले बताए ।

‘लेनदेनको कागजमा उल्लेख भएको लेनदेन रकम दिने हैसियत साहुको छ कि छैन भनी अनुसन्धान गरी रहेका छौं,’ उनले भने, ‘असामीले पनि के कति आवश्यकता परेर त्यति रकम लिएको हो र रकम लिएपछि कुनै विशेष उद्देश्य वा प्रयोजनमा खर्च गरेको छन् कि छैनन् भनी अनुसन्धान गर्ने गरेका छौं ।’ साभार:इकान्तिपुर

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments