Home समाचार बिन्दवासिनीमा ओझालाई स्वागत र साहलाई बिदाई समारोह सम्पन्न

बिन्दवासिनीमा ओझालाई स्वागत र साहलाई बिदाई समारोह सम्पन्न

बिन्दबासिनी २१ असार / पर्साको बिन्दबासिनी गाउँपालिकाका तत्कालिन अधिकृत राजु साहले हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझालाई पद हस्तान्तरण गरेका छन । बिन्दबासिनी गाउँपालिकाको सभाहलमा भएको फेरी भेटौला कार्यक्रमामा अधिकृत साहले अधिकृत ओझालाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न गर्नु भएको हो ।

IMG-20230706-WA00061688652279.jpg
अधिकृत राकेश ओझलाई पद हस्तान्तरण गराउदै तत्कालीन अधिकृत राजु साह 

पद हस्तान्तरण गर्दै अधिकृत साहले आफ्नो एक वर्षे ७ महिनाको कार्यकालमा गरेका महत्त्वपूणर् कामका बारेमा जानकारी गराउँदै आफनो अवधिमा बिन्दबासिनी गाउँपालिकाले गरेको विकास निर्माण लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । अधिकृत साहले पद हस्तान्तरण गर्दै नयाँ अधिकृत ओझालाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले अधिकृत साहले पालिकाले गरेको विकास निर्माण लगायत सम्पूणर् कार्यमा अग्रपंक्तिमा रहेको काम गरेको बताउँदैे आज पर्सा जिल्ला कै सम्पूणर् पालिका मध्ये विकसित पालिकाको रुपमा पहिचान बनाउन अधिकृत साहको उच्च योगदान रहेको बताए । अधिकृत साहले स्थानीयसँग हातेमालो गरेर सामाजिक कार्यमा आफ्नो छवि सधैं उच्च राखेको पनि उल्लेख गरे ।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तिवारीले नयाँ अधिकृत ओझाको कार्य सफलताको शुभकामना दिँदै स्थानीयसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे । गाउँपालिका नागरिकहरुमा लागेको प्रत्येक चोटमा े अधिकृत साहले मलम लगाएको स्मरण गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य गरेर जानुपर्ने नयाँ अधिकृत ओझालाई सुझाव दिए ।

पदभार ग्रहण गर्दै अधिकृत ओर्झाले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै अब मेरो कार्यकालमा पनि झन विकास निमाणर्को कामले तिब्र गति लिने र पालिका बासिको चाहना अनुसार काम गर्ने बताए साथै गाउँवासीको हितमा काम गर्ने प्रतिबदता ब्यतm गरे ।

कार्यक्रममा वडा अध्यक्ष अछेलाल महतो , मोहन यादव , लेखा अधिकृत मिथलेश कुशवाहा , शिक्षा प्रमुख कपिल लामिछाने लगायत पालिका सम्पूणर् कर्मचारी स्थानिय समाजसेविहरुले शुभकामना दिएका थिए । कार्यक्रममा बिदाई हुनु भएका अधिकृत साहलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments