Home राजनीति वीरगन्जसहित मधेसलाई तत्काल सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद चौरसियाको माग

वीरगन्जसहित मधेसलाई तत्काल सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद चौरसियाको माग

वीरगन्ज, ६ साउन : नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले वीरगन्जसहित मधेस प्रदेशलाई सुख्खा र संकटगग्रस्त क्षेत्र घोषणा गरेर सरकारबाट विशेष प्याकेज उपलब्ध गराउन कांग्रेस शीर्ष नेतृत्वसंग माग गरेका छन् ।

काठमाडौंमा जारी कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा शनिबार बोल्दै पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य (सांसद) समेत रहेका चौरसियाले यस्तो माग गरेका हुन् ।

सांसद चौरसियाले पर्साको वीरगन्जसहित मधेस प्रदेशका आठ वटै जिल्लामा अहिले खडेरीका कारण चापाकलहरु सुकेर खानेपानीको समेत हाहाकार भएको तथा सिंचाई गर्न नपाएर खेतीपनि प्रभावित भइरहेको बताए ।

त्यसका कारण मधेस प्रदेशलाई सुख्खा र संकटग्रस्त क्षेत्र घोषणा गराएर पानीको समस्या तत्काल समाधान गराउनका लागि काँग्रेस पार्टीले पहल लिनुपर्नेमा उनले जोड दिए ।

सांसद विकास कोषबाट एक करोड भन्दा कमको योजनामा खर्च गर्न नपाउने संवैधानिक बाध्यता रहेको भन्दै चौरसियाले भने,‘ मेरो आफनै गृह नगर वीरगन्जमा ९० प्रतिशत चापाकल सुकेका छन् । त्यहाँका जनता खानेपानी समेत नपाएर छट्पटिइ रहेका छन् तर सांसद विकास कोषको संवैधानिक बाध्यताका कारण मैले त्यहाँ केहि गर्न सकिरहेको छैन ,यसले मलाई ठूलो पीडा भइरहेको छ ।

त्यसकारण काँग्रेस पार्टीले अहिले जारी केन्द्रिय समितिको बैठकबाटै निर्णय गरेर पर्सासहित मधेस प्रदेशलाई सुख्खा र संकटग्रस्त क्षेत्र घोषण गराएर सरकारबाट समस्याको समाधान गराउनु पर्नेमा उनले जोड दिए ।

सांसद चौरसियाले स्वास्थ्य , शिक्षा , कृषि र रोजगारको विषय कांग्रेस केन्द्रिय समितिको बैठकको एजेण्डामा समावेश गर्न माग गरे । स्वास्थ्य , शिक्षा , कृषि र रोजगारको अवस्था राम्रो नभएसम्म देशले उन्नत्ति प्रगती गर्न नसक्नेपनि उनले बताए ।मधेश खबर

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments