पछिल्लो केही समयमा हृदयघातबाट थुप्रै युवाहरूको अचानक मृत्यु भएको छ । मुटुरोगबारे धेरै अनुसन्धान पनि भइरहेको हुन्छ । खराब दिनचर्या मुटुरोगको एउटा ठूलो कारण हो । भागदौडले भरिपूर्ण जिन्दगीमा व्यक्ति राम्ररी सुत्न, खान पाउँदैन । यसको प्रभाव हाम्रँे स्वास्थ्यमाथि पर्छ । पिछल्लो अनुसन्धान अनुसार हाम्रँे सुत्ने पैटर्न पनि मुटुरोगसँग सम्बन्धित हुने बताइएको छ । राति सही समयमा सुत्दा हृदयघातको खतरा कम हुन्छ । यो दाबी एक्सेटर विश्वविद्यालयले गरेको छ ।
अध्ययन अनुसार जो राति १२ बजेसम्म जाग्छ, उसलाई हृदयघात हुने जोखिम बढी हुन्छ । अनुसन्धानमा भनिएको छ कि स्लिप पैटर्न र मुटुरोगबीच सीधा सम्बन्ध छ । यो अनुसन्धानमा इङ्गल्यान्डका ८८ हजार व्यक्तिलाई सामेल गरिएको थियो । उनीहरू सुत्ने र जाग्ने समयको जानकारी लिइएको थियो । साथै खानपान र दिनचर्यासम्बन्धी जानकारी पनि लिइएको थियो ।
अनुसन्धानमा सहभागी व्यक्तिको चार वर्षसम्मको मेडिकल रेकर्ड जाँच भयो । जो व्यक्ति राति ११ बजेभन्दा पहिले सुत्दथे उनीहरूमा हृदयघातको केस कम थियो । जो राति ११ बजेपछि सुत्दथे उनीहरूमा मुटुरोगको जोखिम ३५ प्रतिशतभन्दा बढी थियो । अनुसन्धानमा भनिएको छ अबेर राति सुत्दा शरीरको सरकेडियन रिद्म बिग्रिन्छ मुटुमाथि असर हुन्छ । शोधकर्ताले राति ११ बजेभित्र सुत्न सल्लाह दिएका छन् ।
अमेरिकन हार्ट जर्नल अनुसार मुटुरोगबाट बच्न दिनचर्या ठीक राख्नुपर्छ । समयमा सुत्ने–उठ्ने र कसरत गर्नुपर्छ । मानसिक स्वास्थ्य पनि ठीक राख्नुपर्छ । धेरैजसोलाई जेनेटिक कारणबाट पनि मुटुरोग हुन सक्छ । जसलाई माइनर हृदयघात भएको छ भने उनीहरूलाई पुनः हृदयघात हुने खतरा रहन्छ । धेरैजसोमा हृदयघातको सड्ढेत देखिंदैन यसलाई साइलेन्ट हार्ट अट्याक भनिन्छ ।
तसर्थ हृदयघातबाट बच्न चिल्लो खानेकुरा कम खाने, भुटे–तारेको र बजारमा बेच्न राखेको खानेकुरा नखाने, हरेक तीन महीनामा मुटु जाँच गराउने, धूमपान गर्नुहुँदैन । प्रतीक दैनिक

