Home प्रदेश मधेश उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगंज र सञ्चारकर्मीहरु संग छलफल कार्यक्रम सम्पन्न

उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगंज र सञ्चारकर्मीहरु संग छलफल कार्यक्रम सम्पन्न

facebook sharing buttonmessenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

वीरगंज १९ श्रावण /उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगंजले शुक्रवार सञ्चारकर्मीहरु संग छलफल कार्यक्रम सम्पन्न गरेको छ । सो छलफल कार्यक्रममा सम्मानित अदालतका प्रमुख माननिय न्यायधिश अच्युत प्रसाद भण्डारीले अदालतले मुद्दाहरुको सन्दर्भमा गरेको आदेशलाई कार्यान्वयन गराउनका लागि सञ्चार क्षेत्रको अहम भुमिका हुने गरेको बताए । उनले आदेशलाई कार्यान्वयन गराउन देशको पहेरदारको रुपमा रहेको सञ्चार क्षेत्रले आफ्नो दायित्व बुझेर सत्यलाई सत्य र गलतलाई गलत भनेर कलम चलाउनु पर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा माननिय न्यायधिश लेखनान पौडेलले गत आर्थिक बर्षमा कुल ६ हजार ९९ मुदाहरु अदालतमा परेको मध्ये ३ हजार २ सय २२ वटा मुदा फछ्र्याैट भईसकेको जानकारी गराए । उनले लक्ष्यको ८२.३२ प्रतिशत मुद्दा फछ्र्यौट भईसकेको बताए ।
पौडेलले अदालतमा दरबन्दी अनुसारको माननिय न्यायधिशहरु नरहेको अभावका कारणले मुद्दा फछ्र्याैट हुने संख्यामा कमी आएको दाबी गरे । उनले अदालतमा १५ जना न्यायधिशहरुको दरबन्दी रहेकोमा हाल ७ जना मात्रै कार्यरत रहेकाले न्याय सम्पादनमा जनशक्ति अभावले ढिलो भएको उनको दाबी थियो ।
तीन आर्थिक बर्षको मुद्दाको लगत, फछ्यौंट र बांकीको तुलनात्मक विवरण अनुसार आ.व. २०७७÷०७८ मा ४५.८३ प्रतिशत फछ्र्यौट भएको थियो भने अघिल्लो आर्थिक बर्ष २०७८÷०७९ मा ४५.२५ प्रतिशत फछ्यौंट भएको थियो । सो छलफल कार्यक्रममा माननिय न्यायधिशहरु गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट, शान्ता सेढाई सापकोटा, सह–न्यायाधिवक्ता रामकुमार थापा, रजिष्ट्रार रामप्यारी सुनुवार, उप–रजिष्ट्रार रमेश श्रेष्ठ लगायत पर्सेली सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments