Home कृषि कषि प्रविधि विकास र विस्तारमा सहकार्य गर्न नार्क र केमोनिक्स इन्टरनेश्नल बीच...

कषि प्रविधि विकास र विस्तारमा सहकार्य गर्न नार्क र केमोनिक्स इन्टरनेश्नल बीच छलफल

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पदाधिकारी र युएसएडको सहयोगमा नेपालमा कषिको रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने केमोनिक्स इन्टरनेशलनका प्रतिनिधिका बीचमा दुई पक्षीय सहकार्य गर्ने बारेमा विस्तृत छलफल भएको छ ।

छलफलमा नेपालको कषि अनुसन्धान प्रणाली बारे जानकारी गराउँदै नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले सहकार्य गर्न सकिने विविध पक्षहरुको जानकारी गराएका छन् । उनले नेपालको कषि अनुसन्धान प्रणालीको क्षमता, नीतिगत अवसर र समस्याहरु, संघीय संरचनाहरुको बीचमा प्रविधि प्रसारमा समन्वय, मूल्य एवम् आपूर्ति श्रृखंला र व्यवस्थापन तथा उत्पानोपरान्तका क्षति न्यूनीकरणमा सहकार्यको खाँचो रहेको औल्याए ।

केमोनिक्स इन्टरनेशनलको तर्फबाट ग्लोबल एग्रीकल्चर प्राक्टिसका निर्देशक जिनमाईकल भोइसार्डले यो कार्यक्रमले नार्कका विविध पक्षहरुमा क्षमता अभिवृद्धि गर्न चाहेको बताए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने प्रविधिहरु र तिनको प्रसार, अनुसन्धानका तथ्यांकहरुको व्यवस्थापन, जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि कृषि विमा जस्ता जल्दाबल्दा समस्याहरुलाई नार्कले तय गरेका प्राथमिकतासँग जोडेर सहकार्य गर्न उपयुक्त हुने बताए ।

नार्कका वाली तथा वागवानी निर्देशक डा. कृष्णकुमार मिश्रले नार्कले विकास गरेको प्रविधिहरुमा किसानको पहुँच बढाउँन यो सहकार्य आवश्यक रहेको बताए ।

नार्कका बैज्ञानिक एवं अनुसन्धानकर्ता डा.रामबहादुर खडकाले यो सहकार्यले विद्यमान कषिका चुनौतिहरु जस्तै उत्पादन बृद्धि, जलवायु परिवर्तन, सघन कृषि, मौषममा आधारित विमा जस्ता बिषयमा भविष्यमा परियोजनाहरु सञ्चालन गर्न नार्कलाई सहयोग पुग्ने बताए ।

राष्ट्रिय कृषि प्रविधि सुचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यो सहकार्यले कृषिका विविध बिषयका अतिरिक्त नेपालमा कषि सूचना प्रणालीको विस्तारमा पनि सहयोग पुग्ने बताए ।

उक्त छलफलमा नार्कको तर्फबाट योजना प्रमुख डा.टेकप्रसाद गोतामे, केमोनिक्सका तर्फबाट म्याट स्वाइन, निरुता बस्नेत, कविता कौर लगायतको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments