बिरगंज २३ श्रावण /
लामो समय पछि भएको बर्षाको कारण किसानहरु हर्शित भएका छन ।लामो समय देखि बर्षा नपरेको कारण पानीको मुहानहरु सुख्न थाले पछि चिन्तित बनेका स्थानीयहरु आइतबारदेखि भैरहेको बर्षाले राहत महसुस भएको बताएका छन् ।
बर्षा नभएको कारणले खानेपानीको मुहान सुख्नुको साथै खेतीपातीको लागि सिंचाइको कमि महसुस हुदै आइरहेको बेला लगातार भएको बर्षाले पानीको मुहान फर्कने संभावना देखिएको छ ।बर्षा नभए पछि पहेलो हुँदै गएको धानको रोपा,फलफूल,तरकारी खेती,उखु,मकै लगाएतको बालीहरुमा राहत मिलेको किसानहरुले बताएका छन ।
आइतबारदेखि पानी परेकोले इनार,चापाकल र बोरिङ्ग लगाएतमा पानीको मुहान बढेको सम्भावना देखिएको बिन्दवासिनिका -३ किसान नरेश चौरसियाले बताए ।आइतबार देखि पानी परेकोले माटोको भित्री सतह सम्म चिस्यान पुगेको उनले बताए ।
जिल्लाको उत्तर चुरेको शृङ्खला बाट निस्कने नदि र खोलानालाहरुमा पानी आएको समेत जानकारी गराए ।
श्रावणको तेस्रो हप्तामा परेको पानीले मुहान खुलेको र भन्डारणमा ट्यान्किमा पानीको कमि नहुने बिश्वास खानेपानी संस्थान बिरगंजले जनाएको छ ।
बिरगंज तथा बिरगंज आसपासको क्षेत्रमा चापाकल सुखेकोले ट्याङ्करले घर-घरमा खानेपानी वितरण हुदै आइरहेको थियोे ।धानको बिउ छर्ने बेला देखि नै पानीको समस्या भोग्दै आएका छन् ।जिल्लामा करिब ७० प्रतिशत खेतीयोग्य जमिनमा आकाशे पानीको भरमा खेती हुँदै आए पनि अहिलेसम्म धेरै खेतमा रोपाइ नभएको कृषि ज्ञान केन्द्र बिरगंज कार्यालयले जनाएको छ ।
धानको रोपाइ भए पछि सिचाईको समस्याले दारार(चिरा) फाटेको खेतमा अहिले राहत मिलेको छ ।बर्षाको पानीले धान, ऊँख, तरकारी तथा फलफुलको नयाँ बोटबिरुवा बढनमा मद्दत पुगेको जनाइएको छ ।एकातिर बर्षाले किसानहरू खुशी छन भने अर्कोतिर गरिब, असहाय घर नभएको त्रिपालमा गुजारा गरिरहेकाहरुले पीडित बनेको वीरगंज छपकैया निवासी दिनानाथ रामले बताए । हामी गरिब असहाय मानिस हौ हामी संग घर नभएकोले लामो समय देखि त्रिपाल टाँगि केटाकेटी सहित बस्दै आइरहेको बताए।हाम्रो लागि राहतको व्यवस्था होस् भनी सम्बन्धित निकाय संग माग गरेका थिए ।

