Home प्रदेश मधेश बाढीले मधेसमा ४ जनाको मृत्यु, तीन जना बेपता

बाढीले मधेसमा ४ जनाको मृत्यु, तीन जना बेपता

 

महोत्तरी : अविरल वर्षाका कारण मधेस प्रदेसमा चार जनाको मृत्यु भएको छ। साउन २२ गतेदेखि साउन २४ गतेसम्म दुई दिनको अवधिमा ३ पुरुषसहित एक जना महिलाको विभिन्न समयमा आएको बाढीमा परी मृत्यु भएको हो।

मृत्यु हुनेमा धनुषाल मिथिला नगरपालिका २ का १७ वर्षीय अजय यादव तथा गणेशमान चारनाथ नगरपालिका ७ का ३० वर्षीया माया परियार छन्। त्यस्तै सर्लाही हरिपूर्वा नगरपालिका-७ का ६० वर्षीय भोला चौधरी र रौतहट मौलापुर नगरपालिका-१ का ६५ वर्षीय सहिद राय भाट रहेका छन्। उनीहरूको विभिन्न नदीमा आएको बाढीको कारण मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

तीन जना बेपत्ता 
सो अवधिमा तीन जना बेपता भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। महोत्तरीको रातु नदीमा आएको बाढीले बगाउँदा सोनमा गाँउपालिका-१ का ३८ वर्षीय जाविर अन्सारी बेपत्ता भएका छन्। अंसारी लोहारपट्टी नगरपालिकास्थित रातुनदी पार गर्ने क्रममा बाढीले बगाएको हो।

त्यस्तै धनुषाको कमला खोलामा आएको बाढीले बगाउँदा गणेशमान चारनाथ नगरनाथ नगरपालिका-७ का ३५ वर्षीय सजन परियार बेपत्ता भएको हो। पर्सा जिल्लास्थित सिर्सिया नदीमा आएको बाढीले बगाउँदा भारतीय नागरिक ३२ वर्षीय किशोर राउत कुर्मी बेपत्ता भएको हो।

बेपता हुने उनीहरूको प्रहरीले खोजबिन गरिरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम स्रोतले जनाएको छ। यस अवधिमा बाढीको चपेटामा परेका २ सय ३३ जना प्रभावितमध्ये ८३ जनालाई प्रहरीको टोलीले उद्धार गरिएको हो। पर्साको सिर्सिया नदी, रौतहटको लालवकैया, सर्लाहीको बागमती र महोत्तरीको रातुनदीमा आएको बाढीबाट उनीहरूलाई उद्धार गरिएको हो।

बाढीले लाखौंको निर्माण सामग्री बगायो
बाराको जितपुर उपमहानगरपालिकास्थित दुधौरा खोलामा आएको बाढीले निर्माणाधीन सामग्री बगाएको हो। स्थानीय दुधौरा खोलामा पक्की पुल निर्माण गरिरहेको समयमा अचानक नदीमा आएको बाढीले २१ लाख ८७ हजार ५ सय रकम बराबरको निर्माण सामग्री बगाएको प्रहरी स्रोतले जनाएको छ। पूर्व-पश्चिम सडक खण्डमा रहेको दुधौरा नदीमा महादेव खिम्ति हिराचन जेभी कम्पनीले पक्की पुल निर्माण गरिरहेको प्रहरी स्रोतले जनाएको छ। अन्नपूर्ण

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments